सरकारले विदा दिएपनि बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 08:34:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले फागुन १ गते सोमबार अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको छ। राष्ट बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो ।

फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। सरकारले विदा दिए पनि नगद कारोबार, चेक क्लियरिङ,  आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १०:०० देखि अपराह्न १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्थाका मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved