१८ लाख ऋणीको लागि पौने ५ करोड निक्षेपकर्तामाथि खेलवाड गर्न मिल्दैन: बैंकर्स संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 05:45:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले १८ लाख ऋणीले पौने ५ करोड निक्षेपकर्ताको रकम जोखिममा धकेल्न खोजेको जनाएको छ। बुधबारको पत्रकार सम्मेलनमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रमाथि चौतर्फी आक्रमण भएको भएको बताउदै ऋणीहरुले निक्षेपकर्ताको रकम जोखिममा पुर्याउन खोजेको बताएका हुन्। 

‘१८ लाख ऋणीहरु छन्। त्यसमध्ये केही पहुँचवाला ऋणीले कर्जाको ब्याजदर बढी भयो भनेर हुँईम फिजाए। अरु पनि त्यसैको पछि लागे। उनीहरुले लैजाने रकम निक्षेपकर्ताको हो।’ एनएमबी बैंकका सीईओ समेत रहेका केसीले भने, ‘बैंकरको दायित्व त्यो रकम डिपोजिट गर्ने त्यी पौने ५ करोड डिपोजिटरको हित संरक्षण गर्नुपनि हो।’ 

बैंक बित्तीय संस्थाले आफ्नो पुँजी भन्दा कयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गर्ने हुँदा ऋृणी भन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नु पर्ने उनको भनाई छ। 

‘बजारमा ऋणीबाट कर्जाको ब्याजको धेरै कुरा आयो, निक्षेपकर्ताबाट निक्षेपको ब्याजको विषयमा कुनै कुरा आएको छैन,’ केसीले भने, ‘हामीले निक्षेपकर्ताको संरक्षणको लागि पनि सोच्नुपर्छ।’ 

निहित स्वार्थको लागि सीमित समुहले बैंकिङ्ग उद्योगलाई दबाबमा पारी धरापमा पार्न खोजेको संघको ठम्याई छ। आजको दिनमा ऋणीले बैंकको ब्याजर घटाउनुपर्छ भनेजस्तै भोली अर्काे समूहले उद्योग व्यावसायीले उत्पादन तथा वितरण गर्ने सामानको मूल्य यति हुनुपर्छ भनेर आन्दोलित हुन पर्ने अवस्था आउने जनाउँदै आर्थिक प्रणाली नै विग्रने उनको भनाई छ। सडक र शक्तिकेन्द्रको दबाबमा बैंकिङ्ग प्रणाली धरापमा पार्न नमिल्ने संघले जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved