राष्ट्र बैंकद्वारा दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 06:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गरेको छ। राष्ट्र बैंकले आरटीएस प्रणालीमा आवद्ध इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा नीतिगत दरमा उपलब्ध गराउने गरी दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (दोस्रो संशोधन, २०७१), २०७६ मा संशोधन गरेको हो। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै 'बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइने' उल्लेख गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved