सिटिजन्स बैंकका ग्राहकलाई कालिन्चोक केवलकारमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 04:19:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कालिन्चोक केवलकारमा छुट पाउने भएका छन् । 

बैंक कालिन्चोक दर्शन लिमिटेडबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका ग्राहकले दोलखाको कालिन्चोक केवलकारमा छुट पाउने भएका हुन् ।

सिटिजन्स बैंकका कार्डबाहकहरुले कालिन्चोक केवलकार सेवामा १० प्रतिशत सम्मको छुट पाउने छन् । 

सिटिजन्स बैंकले हाल १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved