भाखा नाघेको ३० दिनभित्र सावाँ ब्याज तिर्दा जरिबाना नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 02:50:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा र ब्याज तिरेमा जरिबाना नलाग्ने भएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा र ब्याज तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको हो । 

राष्ट्र बैंकका २०८० जेठ मसान्तसम्ममा भाखा रहेको सावाँ र ब्याजमा मात्रै यो सहुलियत लागु हुनेछ । 

‘ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा÷ब्याज दायित्व भाखा नाघेको तीस दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन पाइने छैन । यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा÷ब्याजमा मात्र लागु हुनेछ । तर यदि कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको साँवा÷ब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन यो व्यवस्थाले बाधा पु¥याएको मानिने छैन’ राष्ट्र बैंकको एकिकृत निर्देशनमा भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved