सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त - द मेडिसिटि हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 12:01:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले  भारतको गुडगाँव हरियाणा स्थित मेदान्त– द मेडिसिटि अस्पतालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको हो ।

 यस सहकार्यले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको  सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको जनाएको छ  ।

बैंकले १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  सेवाहरु प्रदान गर्दै आएको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved