धनगढीका बैंकहरुमा व्यवसायीले ताला लगाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 02:44:18 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीको धनगढीमा रहेका बैंकका शाखाहरुमा उद्योगी व्यवसायीहरुले ताला लगाइदिएका छन् । बैंकको ब्याजदर अस्वभाविक रुपमा बढिरहेको भन्दै आन्दोलित उद्योगी व्यवसायीहरुले धनगढीका बैंक शाखाहरुमा तालाबन्दी गरेका हुन् । 

बैंकका शाखाहरुमा तालाबन्दी भएपछि निक्षेप संकलन, भूक्तानी तथा ब्याज संकलनको काम प्रभावित भएको छ । 

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझाले उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर बढेर उद्यम व्यवसाय गर्न नसक्ने अवस्थामा पुग्दा पनि राष्ट्र बैंकले ब्याजदर घटाउने उपाय अबलम्बन नगरेको भन्दै आक्रोश व्यक्त गरे । आन्दोलनका कार्यक्रम अन्तर्गत नै उद्योग व्यवसायीले आज बैंकमा पैसा जम्मा नगरेर विरोध जनाएको उनको भनाई छ ।

आन्दोलित उद्योगी व्यवसायीहरुले बैंकका शाखामा प्रवेश गर्ने गेटमा ‘नो डिपोजिट’ लेखिएको कालो ब्यानर पनि टाँगेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved