सांघातिक आक्रमण हुन थालेपछि वित्तीय क्षेत्रका ४ संघले भने 'आन्दोलनको नेतृत्वलाई कारवाही गर्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 02:00:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक, वित्तीय संस्था, तथा लघुवित्त कम्पनीका कर्मचारी विरुद्द आक्रमण हुन थालेपछि यस सम्वद्द ४ वटै संघहरु एकजुट भएका छन् । पछिल्लो समय कर्मचारीहरु माथि सांघातिक आक्रमण नै हुन थालेपछि नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त छलफल समेत गरेक छन् ।

संयुक्त छलफलपछि आज उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै  पछिल्लो समय केही व्यक्ति/समूहहरुले बैंक वित्तीय तथा लघुवित्त संस्थाहरुका कर्मचारीहरु प्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरु, अराजक व्यवहार र सांघातिक आक्रमणको घोर निन्दा गरेका छन्। साथै उनीहरुले   घटनामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाही गर्न र  घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ 'बैंक÷वित्तीय तथा लघुवित्त संस्थाहरुले ग्राहकको सेवालाई प्राथमिकतामा राखेर निरन्तर रुपमा देशभरी सेवा प्रदान गर्दै आएको कुरा सर्वबिदितै छ । विभिन्न समयमा मुलुकमा आईपरेको महा–भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितीमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका हाम्रा कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाहीको माग गर्दछौं । साथै, अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गर्दछौं । यस प्रकारका अप्रिय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहन्छ ।'

बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको हुंदा यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानून आफ्नो हातमा लिई भईरहेका अराजक घट्नालाई समयमैै नियन्त्रण गर्न ४ वटै संघले सम्बन्धित निकायहरुसंग अनुरोध गरेका छन्। यस प्रकारका क्रियाकलापहरु कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने, सामाजिक सहिष्णुता खलल पु¥याउने, आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यस प्रति सजग रहन उनीहरुले आग्रह गरेकाछन् ।

समस्त ग्राहकहरुकोे हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताको बचतलाई सुरक्षण दिंदै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको यस संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताका साथै सम्पूर्ण कर्मचारीहको सुरक्षाको प्रत्याभूती गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन संघहरुले माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved