किसानलाई सहज रुपमा कर्जा दिन प्रभु बैंकले गर्यो त्रिपक्षीय सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 02:33:23 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा आर एण्ड डि ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रा.लि.का निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच उक्त त्रिपक्षीय सम्झौता भएको बैंकले जनाएको छ । बैंकका अनुसार यस साझेदारी को मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।  

बैंकले ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटिएम मसं मार्फत सेवा प्रदान गरिरहेको छ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved