ग्राहकको गुनासोमा गभर्नरको विशेष चासो, बैंकका सीइओलाई दिए यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 09:33:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका ग्राहकहरुको गुनासो सुनुवाईलाई विशेष प्राथमिकतामा राखेका छन्।  ग्राहकहरुको गुनासो सुनुवाईको लागि आफ्नै सचिवालयमा अलग्गै विभाग खोलेका गभर्नरले आज बैंकका प्रमुख कार्यकारी अधिकृत र गुनासो व्यवस्थापन बिभाग प्रमुखलाई डाकेर छलफल गरेका हुन्। 

पछिल्लो समय बैकका ग्राहकहरुबाट आएका गुनासोका प्रकृति र गुनासो सनुवाईका लागि बैकहरुका प्रयासबारे गभर्नर अधिकारीले चाँसो व्यक्त गरेको छलफलमा सहभागी भएका नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए। 

केसीकाअनुसार बैंकका ग्राहकहरुको गुनासो सुनुवाईका लागि गभर्नर सचिवालयमा स्थापना गरिएको अलग्गै विभागले के कसरी काम गर्दा थप प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सुझाव समेत संकलन गरिएको थियो। 

छलफलमा सहभागी बैकका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरुले बैंकका ग्राहकहरुको गुनासो सुनुवाईका लागि राष्ट्र बैंकले चाल्न सक्ने कदमबारे सुझाव दिएका थिए। छलफलमा सबैबाट सुझाव लिएका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकका ग्राहकहरुले बैंकका सेवा तथा ब्याजलाई लिएर बढी गुनासो आएको सुनाउदै ग्राहकको सुनुवाईलाई प्राथमिकतामा राखेर त्यसको व्यवस्थापन गर्नलाई सुझाव समेत दिएका थिए। 

त्यस्तै सबै गुनासो नेपाल राष्ट्र बैंकमा पनि आइनपुग्ने भन्दै उचित गुनासोहरुका बारेमा बैंकका सम्बन्धित विभाग पनि बढी जिम्मेवार हुनुलाई गभर्नर अधिकारीले निर्देशन  दिएको सहभागी एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved