बैंकहरुले लिए ब्याजदरबारे निर्णय, जेठमा कर्जाको ब्याजदर घट्ने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 10:35:20 PM मा प्रकाशित

laxmi sunrise bank

जेठमा कमर्शियल बैंकहरुले ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन्। आज विहिबार बसेको बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको साझा सँस्था नेपाल बैंकर्स संघको बैठकले जेठमा कमर्शियल बैंकको ब्याज स्थिर राख्ने निर्णय गरेका हुन्। 

उक्त निर्णयअनुसार बैंकहरुले व्यक्तिगत तथा संस्थागत निक्षेपमा दिने ब्याज यथावत रहनेछ। जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याज अधिकतम ९.९९ र संस्थागत मुद्दतीको अधिकतम ब्याज ७.९९ प्रतिशत रहनेछ। 

जेठमा व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको ब्याज यथावत रहेपनि कर्जाको ब्याज भने घट्ने भएको छ। पछिल्लो तीन महिनाको औषत आधार दरअनुसार प्रत्येक महिनामा ब्याज परिवर्तन हुने साता दिन अगाडी नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण जेठमा कर्जाको ब्याज घट्ने भएको हो। 

बैंकहरुको आधारदर घट्ने क्रममा रहेकाले जेठबाट लागू हुने कर्जाको ब्याज पनि स्वत: घट्ने अवस्थामा पुगेको हो। राष्ट्र बैकको साता दिन अगाडीको नीतिगत व्यवस्थाले ब्याजदर घट्ने क्रममा रहँदाको अवस्थामा ऋणीलाई बढी फाइदा हुने देखिन्छ। 

पछिल्लो समय सरकार तथा निजि क्षेत्रले ब्याजको दर घटाउनुपर्ने माग राख्दै आएकाले पनि नेपाल राष्ट्र बैंकले प्रत्येक महिनामा पछिल्लो तीन महिनाको औषत ब्याजदर अनुसारको ब्याज लागू हुने नयाँ नीतिगत व्यवस्था गरेको हो। 

बैंकहरुले प्रकाशित गरेको तथ्यांकअनुसार हाल कर्जाको औषत ब्याजदर १३.३ प्रतिशत रहेको छ। जेठदेखि कर्जाको ब्याज केहि प्रतिशतले घट्नेछ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved