मौद्रिक नीतिको समीक्षा सार्वजनिक, १ प्रतिशतले घट्यो बैंक दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 11:57:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ   मौद्रिक नीति समीक्षा सार्वजनिक गरेसंगै राष्ट्र बैंकले दिउँसो १ बजे पत्रकार सम्मलेन पनि गर्दै छ  ।  पत्रकार सम्मेलन दरबारमार्ग स्थित याक एण्ड यति होटेलमा हुने छ । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थिति रहने राष्ट्र बैंकले जनाएको छ ।  

मौद्रिक नीतिको समीक्षा मार्फत राष्ट्र बैंकले बैंक दर घटाएको छ । राष्ट्र बैंकले  विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरेको छ ।

मौद्रिक नीतिको समीक्षामा भनिएको छ 'मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुकोसम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोर अन्र्तगतका अन्य दरहरुलाई यथावत राखिएको छ ।'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved