निर्माण, खानी, यातायात र ढुवानी क्षेत्रलाई पुनर्कर्जा सुबिधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 12:27:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले निर्माण, खानी, यातायात तथा ढुवानी व्यावसायीलाई पुनर्कर्जाको सुविधा उपलब्ध गराउने भएको छ । मौद्रीक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले दुई त्रैमाससम्म लगातार वृृद्धिदर ऋणात्मक रहेका क्षेत्रमा पुनर्कर्जाको सुविधा दिने जनाएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्षका दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका क्षेत्रहरुसँग सम्बद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ । 

तथ्याङ्क कार्यालयका अनुसार खानी, निर्माण व्यवसाय र यातायात तथा ढुवानी तथा स्टोरेज व्यवसाय क्षेत्रको वृद्धिदर पछिल्ला दुई त्रैमासमा ऋणात्मक छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved