घट्दै गएको ब्याज थप घटेर अर्थतन्त्रमा सुधार आउने व्यवस्था गरेका छौँः गर्भनर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 02:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सजिलो व्यवस्था लागू गरेको बताएका छन् । मौद्रिक नीतिको समीक्षा सार्वजनिक पछि आयोजित पत्रकार सम्मेलनमा गर्भनर अधिकारीले समीक्षामार्फत लिइएको नीतिले अफ्ट्यारो अवस्थालाई सहज बनाउने दाबी गरेका हुन् ।

राष्ट्र बैंकले पोलिसी रेट ८.५ प्रतिशतबाट ७.५ प्रतिशत कायम गरेको र यो सँगै लिइएको अन्य व्यवस्थाले घट्दै गएको ब्याज थप घटाउने र सुधारको अवस्थामा रहेको अर्थतन्त्रमा थप सुधार देखिने गभर्नर अधिकारीको दाबी छ ।

अहिले समीक्षामार्फत दिइएका सुविधाबारे सर्कुलरमार्फत थप स्पष्ट पारिने उनले बताएका छन् । पुर्नसंरचना गर्दा कति भूक्तानी गर्ने, कति प्रतिशत ब्याज हुने जस्ता कुरा सर्कुलरमार्फत थप स्पष्ट पारिने उनको भनाई छ ।

राष्ट्र बैंकले परिस्थिति हेरेर सजिलो व्यवस्था सिर्जना हुने गरी समीक्षा ल्याए पनि अवस्थालाई मध्यनजर गनुपर्ने गर्भनर अधिकारी बताउँछन् ।

तरलता, विदेशी मुद्राको सञ्चिती लगायत सहज देखिएपनि अवस्था अनुसार सजगता अपनाउनुपर्ने भन्दै गर्भनर अधिकारीले मौद्रिक नीतिको समीक्षाले कर्जा तिर्न नसक्दाको परिणामलाई पनि सम्बोधन गर्ने बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved