धनगढीमा सनराइज बैंकको सामाजिक उत्तरदायित्वः स्कुललाई प्रोजेक्टर, उपमहानगरलाई डस्टबिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 06:28:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनलाई ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि उक्त सामाग्रीले मद्दत पु¥याउने जनाउँदै बैंकलाई धन्यवाद दिए । 

सोही दिन धनगढी उपमहानगरपालिकालाई बैंकले ३० थान डस्टबिन पनि हस्तान्तरण गरेको छ । सर्वसाधारणलाई जथाभावी फोहोर फाल्न हुँदैन भन्ने चेतना विकास गराउन र एक ठाउँमा मात्रै फोहोर जम्मा गर्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राख्ने गरी मेयर गोपाल हमाललाई डस्टबिन हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा साइकल अट्ने साइकल स्टायान्ड समेत बनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved