डा. भगवान कोइरालाले बनाउन लागेको बाल अस्पताललाई हिमालयन बैंकको २० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 06:48:00 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले हेपाली हाइट, बुढानिलकण्ठस्थित काठमाडौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्न २० लाख आर्थिक सहयोग गरेको छ ।

सन् २०१७ सालमा स्थापना भएको काठमाडौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ । 

सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।

बंैकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका     अध्यक्ष प्रो.डा. भगवान कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved