सिटिजन्स बैंकका ग्राहकले मोबाइल एपबाटै चेक रोक्का राख्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 06:23:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा नँया सुविधा थप गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि मोबाइल मार्फत प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । 

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंक तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुने छ । 

यसै गरि बैंकले, आफ्नो एप मार्फत नेपालपे को क्युआर सञ्चालनमा ल्याएको छ । अब बैंकका ग्राहकहरुले फोनपे का अतिरिक्त नेपालपे को क्युआर कोड समेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । 

बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि  प्राप्त गर्न सक्नेछन् । 

सिटिजन्स बैंकले हाल १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३९ वटा ए.टि.एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved