नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 04:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता भएको छ। पर्यावरणीय, सामाजिक तथा सुशासन (ESG) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्न दुई संस्थाबीच सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के. सी. र इन्भेष्ट फर इम्प्याक्ट नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित University of Pompeu Fabra Barcelona School of Management (UPF-BSM) को वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने बैंकर्स संघले जनाएको छ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ईएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको संघले उल्लेख गरेको छ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved