सम्पति शुद्दीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सेना र शाखा प्रमुख सहित ११ जना बिरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको छ। सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले सीइओ तिमिल्सेना सहित विशेष अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
उनीहरुबाट सम्पति शुद्दिकरणको कसुर भएको तथ्य स्थापित हुन आएको देखिएकाले सीईओ तिमिल्सेना सहित ११ जना विरुद्द १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी मुद्दा दायर गरिएको बिभागले जनाएको छ।
फर्जी कागजात बनाएर लिएको कर्जा रकम मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले उनीहरुलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको बिभागद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
विभागकाअनुसार उनीहरुबिरुद्द सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ । विभागले त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम अपचलन भएको रकम जफत गर्न समेत विशेष माग गरेको छ ।
विल्वा भुमिवन प्रालिको नाउँमा दर्ता कायम रहेको बाराको जग्गा डेनियल ट्रेडिंङ प्रालिले खरिद गरेको भन्ने ब्योहोरको फर्जी कागजातहरु खडा गरि कर्जा प्रयोजनका लागि कुमारी बैंकमा पेश गर्दा लिखत सम्बन्धि कसुर भएको भन्दै काठमान्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। यहि मुद्दामा जाँचबुझ तथा अनुसन्धान गर्दा उनीहरुबाट सम्पत्ति शुद्दिकरणको कसुर भएको भन्दै विभागले बिगो दाबी सहित बिशेष अदालतमा अभियोग पत्र दायर गरेको हो।
तिमिल्सेनाले एनसिसी र कुमारी बैंकको मर्जर अगाडी नै स्वैच्छिक अवकास याेजना लिएर कुमारीबाट विदा भएका थिए। गायक याेगेश्वर अमात्यकाे जग्गा धिताेमा अर्कैलाई ऋण गएकाे घटनामा मुछिएको भन्दै तिमिल्सेना विवादमा तानिएका थिए।