लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज भएर २०८० असार २९ गते देखि संयुक्त रूपमा एकिकृत कारोबार शुरु गर्ने भएका छन् । लक्ष्मी सनराइज बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
एकिकृत कारोबार प्रयोजनको लागि असार २७ र २८ गते दुवै बैंकका सम्पूर्ण शाखाहरु बन्द हुने भएका छन् । त्यस समयमा मर्जर सम्बन्धी Data migration को कार्यले गर्दा बैंकका सम्पूर्ण प्रणालीहरु बन्द रहने भएकोले दुवै बैंकको सम्पूर्ण वित्तीय सेवाहरु बैंक रहने छन् । सो अवधिमा क्रेडिट कार्ड सेवा भने सुचारु नै रहने छ ।
यी दुई बैंक समान हैसियत अर्थात् १:१ को स्वापमा मर्ज हुन लागेका हुन् ।