सिटिजन्स बैंकका ग्राहकलाई थ्रिडी आर्ट म्युजियममा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 07:37:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधे स्थित थ्रिडी आर्ट म्युजियम प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल  बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरmले थ्रिडी आर्ट म्युजियममा १०% सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले उल्लेख गरेको छ । 

बैंकले १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १४३ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved