एनएमबि बैंकका ग्राहकलाई लुम्बिनी सिटी अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2023 | 05:56:25 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लिमिटेड र  बुटवलस्थित लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बीच सम्झौता भएको छ। सम्झौता अनुसार  एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले  अस्पतालबाट प्रदान गरिने सबै सेवामा १०% छुट पाउनेछन् । 

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद  पराजुली  र  लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले हस्ताक्षर गरेका छन्। 

एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश क्षेत्र(एक)का क्षेत्रीय प्रबन्धक युवराज पाठक,  ट्राफिकचोक शाखा प्रबन्धक देविराम खनाल, बिडिएम विजय अर्यालको उपस्थितिमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली  र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले  सो हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । 

बैंकका अनुसार यो सम्झौता एकबर्षको लागि हुनेछ र दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved