हिमालयन बैंकबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा स्मार्टफोन जित्ने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 09:53:08 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा " अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग HI-MB एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सो अफर भाद्र १ गते देखि भाद्र ३१, २०८० गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको बैंकले जनाएको छ | बैंकका अनुसार HI-MB को फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच / connectIPS को च्यानल प्ल्याटफर्म मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न connectIPS मा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत रु. १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको बैंकले जनाएको छ। बैंकका अनुसार मोबाइल बैंकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन रु. दुई लाखको मात्र कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको HI- MB एपमा हाल १७०,००० भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved