राष्ट्र बैंकद्वारा वाणिज्य बैंकका सीईओहरुसँग छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 05:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुसँग छलफल गरेको छ। आज बुधबार अपरान्ह राष्ट्र बैंक र वाणिज्य बैंकका सीइओहरुसँग छलफल गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।

उनका अनुसार छलफलमा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, विभिन्न विभागका कार्यकारी निर्देशकहरुको उपस्थिति थियो । त्यस्तै वाणिज्य बैंकका सीइओहरु छलफलमा सहभागी भएको उनले बताए । सहायक प्रवक्ता डा. पोखरेलले यो राष्ट्र बैंकको क्यालेन्डरमा रहेको नियमित छलफल भएको बताए । 

राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्ने तयारी गरेकोले सीइओहरुका समस्या र गुनासा सुन्न छलफल कार्यक्रम आयोजना गरेको बताईएको छ । यस्ता छलफलको क्रममा राष्ट्र बैंकले विभिन्न विषयमा सीइओहरुलाई मौखिक निर्देशन समेत दिने गरेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved