बैंकहरुलाई प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलको शेयरमा लगानी गर्न सहज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 09:28:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलको शेयर (equity) मा लगानी गर्न सहजीकरण गरेको छ । राष्ट्र बैंकले असोज १८ गते ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै सहज व्यवस्था गरेको हो 

नयाँ व्यवस्था अनुसार प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलको शेयर (equity) मा गरिएको कुल लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गर्न अनिवार्य हुने छैन। 

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच असोज ८ गते यसबारे छलफल भएको थियो। साे अवसरमा उनीहरूबीच पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको थियो।

सोहि अनुसार राष्ट्र बैंकले प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलको शेयर (equity) मा लगानी गर्न सहजीकरण गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved