आईएमएफ र विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी भएर फर्किए गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 05:31:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारी २०८० असोज २२ देखि २८ सम्म मोरोक्कोको माराकेस सहरमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूह (IMF-World Bank Group) को Annual Meetings 2023 मा सहभागी भई असोज ३० गते स्वदेश फर्किएका छन् । उक्त कार्यक्रममा सदस्य राष्ट्रका अर्थ मन्त्री, केन्द्रीय बैंकका गभर्नर र वित्त तथा मौद्रिक अधिकारीहरूको सहभागिता रहेको थियो ।

बैठकको क्रममा सञ्चालन भएको Plenary बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेतृत्व गरेको टोलीमा गभर्नर अधिकारी सहभागी थिए । उक्त Plenary को अध्यक्षता युक्रेनका वित्तमन्त्री Sergii Marchenk ले गरेका थिए भने World Bank Group का President Ajay Banga IMF Managing Director Kristalina Georgieva ले सम्बोधन गर्दै विश्व अर्थतन्त्रमा देखिएका उतारचढाव र यिनलाई सम्बोधन गर्न देशहरूले अपनाउनुपर्ने उपायका बारेमा प्रकाश पारेका थिए ।

गभर्नर अधिकारी 54th Joint Governors' Meeting of IMF-WB South East Asia Constituency, IMF Asia Pacific Department (APD), Monetary and Capital Market Department (MCM) र अन्तर्राष्ट्रिय वित्त निगमको एसिया उच्च पदाधिकारीहरूसँगको प्रशान्त क्षेत्रका बैठकमा सहभागी भएका थिए । उक्त बैठकहरूमा नेपालले कोषसँग लिएको विस्तारित कर्जा सुविधालगायतका विषय र भावी कार्यक्रमका बारेमा छलफल भएको थियो । उक्त अवसरमा गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष, Asia Pacific Department का पदाधिकारीहरूसँग   भेटवार्ता गरेका थिए । 

 
साथै, साइडलाइन बैठकको क्रममा उनी स्टेट बैंक पाकिस्तानले आयोजना गरेको 44th SAARCFINANCE Governor's Meetings HT सहभागी थिए । गभर्नर अधिकारीले भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दास र रोयल मनिटरी अथोरिटी अफ भुटानका गभर्नर दासो पेन्जोसँग छुटाछुटै भेटवार्ता गरेका थिए  ।

हाल विश्व बैंक समूहअन्तर्गत १८९ राष्ट्रहरू आबद्ध छन् भने अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९० राष्ट्रहरू सम्मिलित छन् । प्रत्येक वर्ष संयुक्त रूपमा आयोजना हुने यस प्रकारको वार्षिक बैठकमा यसपटक गभर्नर अधिकारीका साथ आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved