सानिमा बैंकले 'मोबाइल बैंकिङ्'मा ल्यायो नयाँ योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 01:15:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले F1soft Pvt. Ltd को सहकार्यमा सानिमा सजिलो eBanking मा नयाँ योजना ल्याएको छ । योजना अन्तर्गत मोबाइल बैंकिङ्बाट अधिकतम रकम कारोबार गर्ने १० जानालाई बैंकले विजेता घोषणा गर्ने जनाएको छ।

सहभागीताका लागी न्युनतम रु ५०० को Topup रु १०० को Data Pack र रु २०० को रकमान्तर गर्नुपर्ने शर्त रहेको छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम संचालनमा रहेका छन् ।

बैंकका अनुसार योजना असोज २८ देखि मसिंर ०३, २०८० सम्म लागु हुनेछ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved