आजदेखि काठमाडौँमा एशियन बैंकर्स संघको कन्फरेन्स, यस्ता छन् कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 08:47:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबारदेखि काठमाडौँमा एशियन बैंकर्स संघ (एबिए)को कन्फरेन्स सुरु हुँदै छ । नेपाल बैंकर्स संघका अनुसार एबिएको ३९ औ जनरल मिटिङ र कन्फरेन्स हुन लागेको हो।

२ दिनसम्म चल्ने यस कन्फरेन्समा सदस्य देशका अर्थमन्त्री, सदस्य देशका केन्द्रीय बैंकका गभर्नर, सदस्य देशका बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत, विभिन्न अन्तराष्ट्रिय विज्ञहरु सहभागी हुने छन् । कोरोनाको कारण यस अघि लगातार २ पटक एबिएको कन्फरेन्स भर्चुअल माध्यमबाट भएको थियो । सन् २०१९ को कन्फरेन्स भने फिलिपिन्सको मनिलामा भएको थियो । त्यस अघिका दुई कन्फरेन्स क्रमश माल्दिभ्स र भारतमा भएको थियो।

यस पटक नेपाल बैंकर्स संघले पहिलो पटक एबिएको कन्फरेन्स आयोजना गर्न लागेको हो। एबिएमा एशियाली देशका बैंकहरुको संगठन सदस्य हुने गर्छन्। एबिएको स्थापना सन् १९८१ मा भएको हो । यसको प्रधान कार्यालय ताइवानमा रहेको छ।

नेपाल बैंकर्स संघका अनुसार पहिलो दिनको कार्यक्रम बिहान ९ बजेबाट सुरु हुने छ। सुरुवाति कार्यक्रममा बैंकर्स संघको अध्यक्ष सुनिल केसीको स्वागत मन्तब्य,  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विशेष मन्तब्य, अर्थमन्त्री डा, प्रकाशशरण महतको 'कि नोट एड्ड्रेस',  र एशियन बैंकर्स संघका अध्यक्षको 'क्लोजिंग रिमर्क्स' रहने छ ।

त्यसपछिको पहिले प्लेनरी सेसनमा नेपालको आर्थिक वृद्धिबारे बहस हुने छ । त्यस सेसनको अध्यक्षता गभर्नर अधिकारीले गर्ने छन् भने वक्ताको रुपमा विश्व बैंक अन्तर्गतको आईएफसीका नेपाल प्रमुख, बेलायती दुतावासका डेपुटी हेड अफ मिसन, धितोपत्र बोर्डका अध्यक्ष र नेपाल बैंकर्स संघका अध्यक्ष रहने छन् । सुजीव शाक्य यसको संचालन गर्ने छन् । 

हेर्नुस् कन्फेरेन्सको विभिन्न सत्रमा रहने वक्ताहरु : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved