राष्ट्र बैंकको नीतिलाई नेपालका बैंकले समर्थन गरेका छन् : गभर्नर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 10:28:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिलाई नेपालका बैंकहरुले समर्थन गरेको बताएका छन्। एशियन बैंकर्स संघको कन्फरेन्सको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्

राष्ट्र बैंकले नेपालको उद्योग व्यवसायीलाई संरक्षण र प्रबर्दन गर्ने गरि नीति बनाएकोले नेपालका बैंकले राष्ट्र बैंकको नीति समर्थन गरेको उनले बताए । नेपालले कुल जीडीपीको ९० प्रतिशत कर्जा लगानी गरेको जानकारी गराउंदै उनले नेपालले समय सान्दर्भिक नीति लिएको बताए । 

अन्तराष्ट्रिय आर्थिक कठिनाईबाट नेपाल पनि अछुतो नरहेको बताउदै अन्य देशमा जस्तो समस्या एशियामा नदेखिएको उनले बताए । उनले भने 'अन्तराष्ट्रिय आर्थिक कठिनाईबाट नेपाल पनि अछुतो छैन, अन्तराष्ट्रिय बैंकहरु कोभिडबाट प्रभावित भएका छन्, अमेरिकाका केहि बैंक बन्द भएका थिए, तर एशियामा यो अवस्था आएन'। 

बढ्दो मुद्रास्फीति विश्वसंगै नेपालको पनि समस्या रहेको बताउदै गभर्नर अधिकारीले बढ्दो मुद्रास्फीतिले गर्दा ब्याजदर बढेको र खराब कर्जा बढ्न गएको बताए । एशियाका बैंकहरुले यसलाई ध्यानमा राख्नु पर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved