मौद्रिक नीति खुकुलो बनाउने बेला भयो : अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 10:42:29 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा.प्रकाश शरण महतले मौद्रिक नीति खुकुलो बनाउने बेला भएको बताएका छन्।  एशियन बैंकर्स संघको कन्फरेन्सको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्

अन्तराष्ट्रिय परिस्थितिलाई हेरेर नेपाल राष्ट्र बैंकले कडा नीति लिएको भए पनि अब मौद्रिक नीति खुकुलो बनाउने बेला भएको उनले बताए । मूल्य वृद्धि बढेकोले ब्याज बढाउने काम भए पनि यसले लगानीकर्ताको आत्मविश्वास घटाएको बताउदै उनले अब बोल्ड निर्णय गर्नु पर्ने बताए । 

महँगो ब्याजका कारण उद्योगी व्यवसायीले आत्मविश्वास गुमाएकोले व्यवसायीक गतिविधिमा सुस्तता आएको उनको दाबी छ। नेपाल डेमोक्रेटिक देश भएकोले नेपालको मौद्रिक नीति पनि डेमोक्रेटिक हुनु पर्ने उनको भनाई थियो । 

नेपालले अन्तराष्ट्रिय अभ्यासलाइ पछ्याउदै डिजिटल इकोनोमीलाई बढावा दिएको बताउदै मन्त्री महतले डिजिटल कारोबारलाई थप सुरक्षित बनाउने तर्फ ध्यान दिन सुझाव दिए ।  

नेपालले हाइड्रोपावर र कृषिमा सम्भावना बोकेकोले नेपालका बैंकले जस्तो यी क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय बैंकलाई उनले आग्रह गरे । भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता गरेकोले नेपाल र विदेशका लगानीकर्ताको लगानीको लागि यो एउटा सुनौलो अवसर भएको उनले उल्लेख गरे । लगानी सहज बनाउनका लागि सम्पूर्ण कानुनी तथा अन्य संरचना नेपाल सरकारले बनाईसकेकोले उनले नेपालमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved