चुनौतीको सामना गर्न एशियाका बैंकहरु मिलेर अगाडी बढ्नु पर्छ: एशियन बैंकर्स संघ अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2023 | 11:19:48 AM मा प्रकाशित

laxmi  sunrise bank

 एशियन बैंकर्स संघका अध्यक्ष इउजिनी एसभेदोले चुनौतीको सामना गर्न एशियाका बैंकहरु मिलेर अगाडी बढ्नु पर्ने बताएका छन् ।  एशियन बैंकर्स संघको कन्फरेन्सको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्

उनले बलियो बैंकिंग प्रणाली नै कोभिडबाट उठ्ने आधार भएको बताए । बैंकिंग क्षेत्रको  साइबर सुरक्षा पनि अत्यन्त महत्वपूर्ण रहेकोले एसहियाँ बैंकर्स संघले यसमा काम गर्ने उनले बताए । 

भविष्यमा पनि अहिलेको जस्तै गरि बैंकिंग क्षेत्रमा समस्या आउँन सक्ने भएकोले एशियाका बैंकले एक अर्कालाई साथ सहयोग गर्नु पर्ने उनले बताए । एशियन बैंकर्स संघको यस कन्फेरेन्सले अहिलेका बैंकिंग चुनौतीलाई सामना गर्न कुनै ठोस निर्णय लिन सक्ने विश्वास गरेको बताए । उनले बढ्दो चुनौतीलाई मिलेर कम गर्नु पर्नेमा जोड दिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved