कृषि विकास बैंकद्वारा भुकम्प पिडितलाई ५० लाख सहयोग, प्रधानमन्त्रीले दिए धन्यबाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 07:44:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकले कर्णाली प्रदेशका भुकम्प प्रभावितलाई आर्थिक सहयोग गरेको छ। सोहिअनुसार बैकले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ५० लाख जम्मा गर्दै उक्त चेक प्रधानमन्त्री पुष्प कमल दाहाललाई हस्तान्तरण गरेको छ। 

खोज, उद्धार र राहतका लागि भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायता स्वरुप कृषि विकासले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पचास लाखको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरीएको बैंकले जनाएको छ। 

बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्री दाहाललाई आज उक्त चेक हस्तान्तरण गरेको हो। चेक हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

कृषि विकास बैंकले  भूकम्पबाट प्रभावित र पीडित लाई राहत पुग्ने गरी नेपाल सरकार लाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री दाहालबाट धन्यवाद ज्ञापन भएको बैंकले जनाएको छ।   २०८० कात्तिक १७ गते राति ११ः४७ बजे कर्णाली प्रदेश, जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र  पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ। 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त रकम सहयोग गरेको हो। बैंकले विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved