१४ वाणिज्य बैंकले ब्याजदर घटाउँदा ५ वटाको स्थिर, कुनको कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2023 | 09:35:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सबै वाणिज्य बैंकले मङ्सिर महिनाको लागि लागु हुने निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंक मध्ये १४ वटा बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने ५ वटा बैंकले ब्याज स्थिर राखेका छन् । १ बैंकले भने ब्याज बढाएको छ 

ब्याजदर धेरै घटाउने बैंकमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले व्यक्तिगत निक्षेपमा ८.९७ प्रतिशत र संस्थागत निक्षेपमा ६.९७ प्रतिशत ब्याज कायम गरेको छ । बैंकको अघिल्लो महिनाको लागि यो ब्याजदर क्रमश ११ प्रतिशत र ९ प्रतिशत थियो 

एनआईसी पछि ब्याजदर धेरै घटाउनेमा एनएमबि बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, राष्ट्रिय बाणिज्य बैंक लगायत रहेका छन् 

प्राइम बैंक, कुमारी बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, र लक्ष्मी सनराइज बैंकले भने ब्याजदर स्थिर राखेका छन् 

माछापुच्छ्रे बैंकले भने ब्याजदर बढाएको छ । बैंकले यस अघि व्यक्तिगत निक्षेप्मा ९.९९ प्रतिशत ब्याज दिदै आएकोमा अब १०.६० प्रतिशत ब्याज दिने छ । त्यस्तै संस्थागत निक्षेपको ब्याज पनि बैंकले ७.४९ प्रतिशतबाट बढाएर ८.६० प्रतिशत पुर्याएको छ 

हेर्नुस् मङ्सिर महिनाको लागि कुन बैंकको ब्याजदर कति ? 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved