बैंकर्ससँग गभर्नरले गरे साढे २ घण्टा छलफल, के के भयो कुराकानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 06:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुसँग मौद्रिक नीतिको समिक्षाको लागि सुझाव लिएको छ । राष्ट्र बैंकले आज  केन्द्रीय कार्यालय बालुवाटारमा छलफल आयोजना गरेर सुझाव लिएको हो। 

छलफलमा वाणिज्य बैंकका सीईओको संस्था नेपाल बैंकर्स संघ, विकास बैंकका सीईओहरुको संस्था डेभलमेन्ट बैंकर्स एसोसियसन, वित्त कम्पनीका सीईओहरुको संस्था फाइनान्स कम्पनी एसोसियसन, लघु वित्त संस्थाका सीईओहरुको संघ नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसनका प्रतिनिधीहरु सहभागी थिए। अपराह्न ४ बजेबाट सुरु भएको छलफल साँझ ६:३० बजे सकिएको छ ।

के के भयो छलफल ?

छलफलमा सहभागी एक बैंकरका अनुसार यस साता गभर्नर सहित सहभागी प्रधानमन्त्रीसँगको छलफलमा प्रधानमन्त्रीले केहि प्रतिवद्दता जाहेर गरेकोले त्यस अनुसार कसरी अगाडी बढ्न सकिन्छ भनेर राष्ट्र बैंकले सुझाव माग गरेको बताए । 

प्रधानमन्त्रीले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर लगानी गरेका तर ऋण चुक्ता गर्न नसकेका व्यवसायीहरुलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र वैंकबाट सहजीकरण गरिने, नेपाल राष्ट्रबैंकमार्फत् बैंकदरको सम्बन्धमा अध्ययन गरी पुनरावलोकन गरिने,  लघुवित्तबाट लिएको ऋण भुक्तानीलाई सहजीकरण गरिने लगायतका प्रतिवद्दता जनाएका थिए। ति विषय कार्यान्वयनको लागि के कसरी अगाडी बढ्न सकिन्छ भन्नेबारेमा राष्ट्र बैंकले सुझाव मागेको र संघहरुले आ-आफ्नो सुझाव दिएको छलफलमा सहभागी एक बैंकरले बिजपाटीलाई जानकारी दिए । 

त्यस्तै साच्चिकै समस्यामा परेका ऋणीलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको बताईएको छ। बैंकर्स संघले भने हाइड्रोमा लगानी गरिएको ऋणलाई सहजीकरण गर्नको लागि माग गरेको बताईएको छ । 

छलफलमा सहभागी एक बैंकर्सका अनुसार राष्ट्र बैंकले आफ्नो लिखित सुझावहरु आइतबारसम्म पठाउन आग्रह गरेको छ । त्यसकारण यस साताको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षा नआउँन पनि सक्छ ।  यद्यपि मौद्रिक नीतिको समीक्षा लगभग तयारी अवस्थामा रहेको आफुहरुले पाएको , र दिएका सुझाव पनि सबै कार्यान्वयन नहुने हुँदा त्यस अगाडी नै समीक्षा आउने पनि उनले उल्लेख गरेका छन् । 

छलफलमा गभर्नर सहित राष्ट्र बैंकका विभिन्न विभागका विभागीय प्रमुखहरुको सहभागिता थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved