राष्ट्र बैंकको बैठकमा खोजियो बैकका कर्मचारीको बढ्दो विदेश पलायनको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 03:06:33 PM मा प्रकाशित

laxmi  sunrise bank

राम्रै तलव सुविधा भएका बैंकका कर्मचारी पनि विदेश पलायन हुनुको कारणको खोजि थालिएको छ। बुधबार नेपाल राष्ट्र बैंकले डाकेको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी आवद्द संघ संस्थाका पदाधिकारीसँगको बैठकमा यो विषयले प्रवेश पाएको हो। 

चालु आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक सार्वजनिकको पूर्वसन्ध्यामा आयोजित राष्ट्र बैंकको बैठकमा यो विषय उठेको हो। अन्य विषयहरुका साथै बैकका कर्मचारीको विदेश पलायन बढेकोबारे पनि बैठकमा चर्चा भएको हो। 

बैकका कर्मचारी पलायनबारे पनि कुरा उठेको बैठकमा सहभागी एक बैंकका सीइओले बताए। उनकाअनुसार पछिल्लो समय राम्रै तलब सुविधा दिने बैंकका कर्मचारीहरु पनि नेपाल छाडेर विदेश जाने क्रम बढेकोबारे एक बैंकका सीइओले राष्ट्र बैंकलाई जानकारी गराएका थिए। 

राम्रो तलब तथा सुविधा नपाएर विदेश जानु स्वाभाविक भएपनि सबै कुरा पुग्दा पुग्दै पनि बैंकका कर्मचारी विदेश जाने क्रम बढ्नु चिन्ताजनक भएकाले यो बिषय उठेको ति सीइओको भनाई छ। 

राम्रै तलब सुविधा हुँदापनि कर्मचारीले विदेश जान खोज्नुमा व्यक्तिगत भन्दा राष्ट्र बैंकको नीति वा बैंकको कार्य शैली पनि जिम्मेवार हो कि भन्ने आशयले बैठकमा यो बिषय उठेको हुनसक्ने एक सीइओले बताए। पछिल्लो समय मर्जर तथा प्राप्ति पश्चात बैंकका कर्मचारीमा विभेद हुने, बलियो व्यवस्थापन तथा संचालक रहेको संस्थाका कर्मचारीले मर्जर तथा प्राप्तिमा आएका कर्मचारीलाई हेप्ने, समान व्यवहार नगर्ने जस्ता कारणहरु पनि बैंकका कर्मचारीको विदेश पलायनको कारण भएको बताइन्छ। 

देशकै पहिलो र ठुलो भन्ने बैंकहरुमा पनि कर्मचारीबीच समान व्यवहार नहुने क्रम बढेको बिजपाटीको अध्ययनमा पनि भेटिएको छ। विशेषगरि मर्जर वा प्राप्ति भएर आउने कमजोर संस्थाका कर्मचारीले यस्तो व्यवहार सहनुपरेको भेटिएको छ। 

दशैं अघि मात्रै एक कमर्शियल बैंकको उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुले राजिनामा दिएका छन्। संचालक, सीईओ तथा डेपुटी सीइओं  'गुटबन्दी' मा लाग्दा त्यसको असर आफुहरुमा परेको राजिनामा दिएर अहिले क्यानडा जाने तयारीमा रहेका ति कर्मचारीले बताए। 

"केन्द्रीय कार्यलयमा उच्च तहमा काम गरिरहेको मलाई पहिला स्वेच्छिक अवकाश लिन भनियो, नमानेपछि प्रदेश प्रमुख बनाएर अपायक ठाउँमा पठाईयो" उनले भने, "बाध्य भएर राजिनामा दिएर अहिले विदेश जाने तयारीमा छु।" आफ्नो नाम नलेख्ने सर्तमा उनले भने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved