राष्ट्र बैंकको खुद नाफा ८७ अर्ब, ब्याज बाटै ६२ अर्ब आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 12:02:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकल आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ। राष्ट्र बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४ सय ४८ रुपैयाँ खुद नाफा कमाएको हो।

अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढेको हो  । गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रहेको थियो ।

यस अवधिमा राष्ट्र बैंकले वैदेशिक मुद्राबाट ४७ अर्ब २२ करोड ८२ लाख बढी ब्याज आम्दानी गरेको छ। त्यस्तै नेपाली मुद्राबाट १५ अर्ब ३४ करोड ८७ लाख  ब्याज आम्दानी गरेको छ । एक वर्षमा राष्ट्र बैंकको खुद ब्याज आम्दानी ६२ अर्ब ५७ करोड २५ लाख रहेको छ । राष्ट्र बैंकको सञ्चालन आम्दानी ६६ अर्ब ९२ करोड ७१ लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले आज अर्थ मन्त्रीलाई आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन बुझाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  अर्थमन्त्री  डा. प्रकाशशरण महत समक्ष आज आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved