राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्दै संसदको अर्थ समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 08:19:38 AM मा प्रकाशित

laxmi sunrise bank

प्रतिनिधि सभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्ने भएको छ । अर्थ समितिको बैठक मङ्सिर २० गते बुधबार बिहान ११ बजे बोलाइएको छ ।

 उक्त बैठकको कार्यसूचीको पहिलो नम्बरमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन  र उपलब्धीको अवस्था सम्बन्धमा छलफल गर्ने उल्लेख छ । त्यस्तै दोस्रो नम्बरमा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थिति सम्बन्धमा छलफल गर्ने उल्लेख छ ।  उपसमिति गठन सम्बन्धमा आन्तरिक छलफल हुने पनि समितिको सचिवालयले जनाएको छ।

अर्थ समितिका सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेलको शेयर खरिद बिक्री बारे छलफल गर्न माग गर्दै अर्थ समितिमा लिखित पत्र बुझाएका छन् । सो विषयमा पनि छलफल हुन सक्ने बताईएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved