स्वर्णिम वाग्लेको पाँसोमा फसे गभर्नर अधिकारी, हबिबको शेयरबारे 'झुटो' अभिव्यक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 09:33:44 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेको प्रश्नमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी फस्न पुगेका छन्। बुधबार डाकिएको अर्थसमितिको बैठकमा सांसद वाग्लेले आफैले प्रश्न राखेर गभर्नर अधिकारीलाई फसाएका हुन्। 

गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यन्वयन र उपलब्धिको अवस्था सम्बन्धमा राखिएको छलफलमा सांसद वाग्लेले एउटा 'स्पेशिक' सँस्थाको 'स्पेशिक' बिषयमा प्रश्न राखेर गभर्नर अधिकारीलाई पनि विवादमा तानेका हुन्। 

सांसद वाग्लेले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको शेयर स्वामित्व हिमालयन रिइन्स्योरेन्सले किन्न लागेको कुराबारे गभर्नर अधिकारीलाई प्रश्न गरेका थिए। जवाफमा गभर्नर अधिकारीले सांसद वाग्लेले सोधेको उक्त पार्टिकुलर बैंकको कुराबारे आफुलाई जानकारी नभएको जवाफ दिए। 

वाग्लेले 'एउटै लगानीकर्ता एउटै घरानालाई लगानी गर्न दिने/नदिनेबारे राष्ट्र बैंकको बुझाइ के हो?’ भनेर गभर्नरलाई प्रश्न सोधेका थिए।  इन्स्योरेन्समा हात हालिसकेका व्यवसायीलाई नै फेरि बैंकको सेयर दिनु स्वार्थ बांझिने काम भएको आशयले वाग्लेले प्रश्न राखेका थिए। यही प्रश्नको जवाफमा गभर्नर अधिकारीले बिगतदेखि नै आफु यसरी स्वार्थ बांझिने गरि कसैलाई शेयर स्वामित्व नदिने काममा लागेको र अहिले पनि यस्तो हुन नदिने बताए। 

मिनी संसद मानिने अर्थसमितिमा गभर्नर महाप्रसाद अधिकारीले आफुलाई हिमालयन बैंकको हबिबको शेयर स्वामित्व हस्तान्तरण बारे केहि थाहा नभएको जवाफ 'झुटो' भएको बिजपाटीको जानकारीमा आएको छ। 

हबिब बैंकले सेयर बिक्री गर्न चाहेको जानकारी गभर्नर अधिकारीलाई मङ्सिर १४ गते नै दिइसकेको थियो। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले राष्ट्र बैंकका नाममा औपचारिक पत्र लेख्दै सेयर खरिद बिक्रीका लागि स्वीकृति माग गरेको कागजातमा देखिन्छ। 

‘सेयर खरिद बिक्रीका लागि बैंक नियमन विभागको स्वीकृति आवश्यक भएकाले यहाँको स्वीकृति पाउँ’ राणाले विभागीय प्रमुखलाई सम्बोधन गरेर लेखेको पत्रमा उल्लेख छ।

पत्रमा भनिएको छ- 'हिमालयन बैंक लिमिटेडका संस्थापक सेयरधनी हबिब बैंक लिमिटेड पाकिस्तानले आफ्नो नाममा दर्ता कायम रहेको २ करोड ८० लाख १२ हजार ४४६ कित्ता संस्थापक शेयर (१२.९३%) हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई बिक्री गर्न सेयर खरिद बिक्री सम्झौता सम्पन्न गरेको जानकारी गराउन चाहन्छौं। '


राष्ट्र बैंकलाई लेखिएको पत्र


हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले स्वीकृतिको लागि पत्र मात्र नभई हबिब बैंकले पठाएको निवेदन पनि राष्ट्र बैंकलाई बुझाएको पाइएको छ। तर बुधबार गभर्नरले मिनी संसदलाई आफूलाई यसबारेमा जानकारी नभएको बताएका हुन्। 

सांसद वाग्लेले विवादमा ताने 

सांसद वाग्लेले आफु विवादमा पर्दापर्दै गभर्नर अधिकारीलाई पनि विवादमा तानेको बजारको विश्लेषण छ। सांसद वाग्लेले केहि राजनीतिक र केहि अन्य कुराबाट प्रभावित भएर एउटा स्पेशिक बैंकको स्पेशिक बिषयमा प्रश्न गर्न नहुने र वाग्लेको यस्तो प्रश्नको जवाफ दिने क्रममा गभर्नर पनि होसियार रहनुपर्ने विश्लेषण छ। 

एउटा स्पेसिफिक बैंकको स्पेसिफिक शेयर अर्को स्पेशिफिक संस्थाले किन्न लागेको बिषय अर्थसमिति जस्तो फोरममा राख्नु मर्यादाविपरितको काम भएको नेपाल राष्ट्र बैंकका कर्मचारीहरु नै बताउछन। 'संस्थापक शेयर किनबेचको लागि निश्चित मापदण्ड तोकिएको छ , त्यसमा पास हुनेले किन्न नपाउने भन्ने हुँदैन' ति कर्मचारीले भने, "सर्वसाधारणलाई ३० प्रतिशत सेयर जारी गर्ने प्रकृया सुरु गरिसकेको हिमालयन रिलाई अर्को बैंकको शेयर स्वामित्व लिनलाई रोक्नुपर्छ भन्ने आशयको अभिव्यक्ति नै मर्यादाविपरीत हो।"

हिमालयन रि इन्स्योरेन्सले बैदेशिक रोजगारीमा रहेका नेपालीको लागि साधारण शेयर बिक्रि गरिसकेको छ भने अहिले आम सर्वसाधारणलाई प्रिमियममा साधारण शेयर बिक्रीको तयारीमा छ। पब्लिकको ३० प्रतिशत शेयर रहेको संस्थालाई विदेशी बैंकको स्वामित्व खरिद गर्न खोज्दा व्यक्तिगत रिसिबी राखेर शेयर किनबेचमा नै समस्या सिर्जना गर्न खोज्नु मर्यादाविपरितको कार्य भएको जानकारहरु बताउँछन्। 

"गभर्नरलाई आफुलाई असहयोग गर्ने व्यक्तिहरुको लगानी भएको संस्था हो भन्ने लागेको हुन सक्छ तर हिमालयन रि इन्स्योरेन्स स्पेसिफिक व्यक्तिको नभई पब्लिक र धेरै संस्थापक शेयरधनीको संस्था हो" नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नरले भने, "केहि बैंक तथा बीमा कम्पनीमा केहि व्यक्तिको व्यक्तिगत तथा उनीहरुको संस्थाको एकलौटी लगानी रहेको छ, जुन राष्ट्र बैकको कानुन बिपरित पनि छ, त्यतातर्फ गभर्नरले ध्यान दिनु राम्रो हुन्छ।"

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved