भूकम्प प्रभावितलाई आवासीय कर्जा दिँदा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 11:10:45 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनरनिर्माणका लागि आवासीय घर कर्जा दिँदा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम थप गर्न पाउने व्यवस्था गरेको छ । 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरेको हो ।

यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।

गत कार्तिकमा जाजरकोटमा र रुकुम पश्चिममा भूकम्प गएको थियो । त्यहाँ २० हजार हाराहारी घरहरु भत्किएको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved