सरकारले ट्रेजरी बिलमार्फत १४ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 12:01:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १४ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत १४ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको जनाएको हो ।

केन्द्रिय बैंकले परिपक्व अवधि पूरा भएको सो रकम बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो । ट्रेजरी बिलका लागि सोमबार पुस २ बजे बोलकबोल गर्ने र मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । 

बैंकले २८ दिन र १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । । केन्द्रीय बैंकले जारी गर्न लागेको २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी माघ २ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ६ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल २०८१ असार ५ गते परिपक्व हुनेछ । 

यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved