विदेशबाट फर्किएकालाई उद्यम गर्न नबिलले १० करोडसम्म कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 01:46:09 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट केही गर्ने सपना बोकेर नेपाल फर्किएका युवाहरूलाई लक्षित गर्दै नबिल बैंकले 'नबिल दक्ष प्रवासी उद्यमशीम कर्जा' योजना ल्याएको छ। श्रम मन्त्री शरद सिंह भण्डारीले आज यस योजनाको औपचारिक उद्घाटन गरेका हुन् 

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले विदेशबाट केही गर्ने सपना बोकेर फर्किएका व्यक्तिहरूका लागि कर्जा मात्र नभएर आवश्यकीय काउन्सिलिङ पनि गर्ने बताएका छन् । उनीहरूलाई कर्जा मात्र नभई आवश्यक सल्लाह, सुझावसहित काउन्सिलिङ पनि दिएर उनीहरुले सपना बैंकले साकार पार्ने उनले बताएका हुन् 

विदेशबाट सीप सिकेर नेपाल फर्किएका व्यक्तिहरूका लागि यो कर्जा उपयुक्त हुने बैंकको भनाइ छ । बैंकले बिहीबारदेखि सुरु गरेको नबिल दक्ष प्रवासी उद्यमशील कर्जा सीमा १० करोडसम्मको छ। कर्जा अवधि १० वर्षसम्मको रहनेछ भने ३ देखि ५ कार्यदिनभित्र कर्जा स्वीकृत हुने बैंकले बताएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved