अबको हप्तादिनमा मौद्रिक नीतिको समीक्षा, समय सान्दर्भिक हुनेगरि नीति परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 04:00:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अबको हप्तादिनमै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको छ। अबको हप्तादिनमै दोस्रो समीक्षा सार्वजनिक गर्नेगरि विद्यमान नीतिको प्रभाव र अबको आवश्यकताबारे अध्ययन तथा छलफल भईरहेको राष्ट्र बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी  डा. दिल्ली राम पोखरेलले बिजपाटीसंगको कुराकानीमा भने "अहिले छलफलमा जुटेका छौँ, मौद्रिक नीतिको प्रभावबारे पनि सुक्ष्म विश्लेषण तथा अध्ययन पनि गरिरहेका छौँ, समय सान्दर्भिक हुनेगरी अबको हप्ता दश दिनमा मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिकको तयारीमा छौँ। " 

मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत केहि सहजता ल्याउने प्रयास गरेपनि अपेक्षा गरेअनुसारको आर्थिक गतिविधि हुन सकेको छैन।  चालू आर्थिक वर्षमा कर्जाको ग्रोथ ११-१२ प्रतिशतको सिमामा राख्ने प्रयास भएपनि दोस्रो त्रैमास सकिदासम्म पनि ६ प्रतिशतले पनि कर्जा वृद्धि भएको छैन। 

कर्जा वृद्धि तथा आर्थिक वृद्धिको दर हेर्दा पनि अर्थतन्त्र चलायमान नभएको देखिएको छ। यो अवस्था आउनुमा मौद्रिक नीति मात्र कारण हो वा अरु पनि केहि  कारण छन् भन्नेबारे आफुहरुले पनि अध्ययन गरिरहेको पोखरेलले बताए। मौद्रिक नीतिले गर्न सक्ने र गर्नुपर्ने सम्बोधन दोस्रो समिक्षामा हुने समेत उनले बताए। 

तर पछिल्लो समय आर्थिक गतिमा सुस्तता आउनुमा मौद्रिक मात्र नभई बजेटरी र राजनीतिक पनि कारण भएको उद्योगी तथा व्यवसायीहरुको भनाई छ। सरकारले विकास खर्च गर्न नसक्नु र व्यवसायीमाझ विश्वासको वातावरण बनाउन नसक्नु पनि सुस्त आर्थिक गतिविधिको कारण भएको उनीहरुको भनाई छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved