राष्ट्र बैंकले ४० अर्ब खिच्न खोज्दा ४६ अर्ब अफर, बैंकहरु ३ प्रतिशतमै लगानी गर्न तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 07:21:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले १४ दिन अवधिका लागि ४० अर्ब रकम बजारबाट खिचेको हो । 

राष्ट्र बैंकका अनुसार आजको बोलकबोल प्रक्रियामा १६ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएका थिए । यी संस्थाले कुल ७३ वटा आवेदन पेश गरेका थिए । राष्ट्र बैंकले ४० अर्ब खिच्नको लागि आवेदन माग गरेकोमा बैंकहरुले ४६ अर्ब १५ करोडसम्म रकम अफर गरेका थिए । आजको ब्याज बोलकबोल प्रक्रियामा बैंकहरुले न्युनतम ३ प्रतिशत र अधिकतम ३.३२७७ प्रतिशतसम्मको ब्याजमा आवेदन दिएका थिए । जसमा राष्ट्र बैंकले भारित औसत ब्याजको रुपमा ३.१७३५ प्रतिशतमा ४० अर्ब रकम खिचेको छ । आज संकलन गरिएको उक्त निक्षेप २०८० फागुन ८ गते परिपक्व हुनेछ ।  

गत मङ्सिर, पुस र माघमा गरि राष्ट्र बैंकले बजारबाट ५ खर्ब बढी रकम निक्षेप संकलन प्रक्रियाबाट खिचिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved