बैंकको कर्जा नतिर्ने आन्दोलन अहिले नै रोक्नु पर्छ : बैंकर्स संघ अध्यक्ष केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 09:32:33 AM मा प्रकाशित

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकको कर्जा नतिर्ने आन्दोलन अहिले नै रोक्नु पर्ने बताएका छन् । इकोनोमिक मिडिया एशोशियनले आयोजना गरेको 'अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

 भोलिको खतरा रोक्नको लागि भए पनि अहिले नै बैंकको करोजा नतिर्ने आन्दोलन रोक्नु पर्ने उनको भनाई थियो । बैंक हरुको खराब कर्जा अहिले नै बढी भईसकेकोले यो आन्दोलनले निरन्तरता पाउँदा होलिको अवस्था थप डरलाग्दो हुने केसीले बताए। खर्ब कर्जा बढ्दै गर्दा बैंकको नाफा पनि गत आर्थिक वर्षको तुलनामा घटेकोले अहिले सहज अवस्था नभएको उनले उल्लेख गरे। 

त्यस्तै उनले जग्गा हदबन्दीको समस्याले सम्पती व्यवस्थापन गर्न कठिन भएको,   १५५ हजारलाई दिएको अनुदान १० अर्ब पुग्दा पनि सरकारबाट नपाएको,  संसदमा विचाराधीन बैंकिंग कसुर ऐनमा बिना धितो ऋण दिनलाई अवरोध भएको  कुरालाई राज्यले सम्बोधन गर्नु पर्ने बताए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved