बजारमा अधिक तरलता, शुक्रबार १० अर्ब खिच्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 04:32:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले  माघ २६ गते बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले ७ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत १० अर्ब रकम खिच्न लागेको हो । 

 उक्त निक्षेप २०८० फागुन ४ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले शुक्रबार  दिउँसो १२  बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । 

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस अघि राष्ट्र बैंकले हिजो माघ २३ गते ४० अर्ब संकलन गरेको थियो ।  त्यस्तै माघ २४ गते ४५ अर्ब संकलनको बोलकबोल जारी भएपनि राष्ट्र बैंकले बोलकबोल प्रक्रिया नै रद्द गरेको थियो  ।  

गत मङ्सिर, पुस र माघमा गरि राष्ट्र बैंकले बजारबाट ५ खर्ब बढी रकम निक्षेप संकलन प्रक्रियाबाट खिचिसकेको छ । 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved