राष्ट्रिय वाणिज्य बैंकले घर किन्न ५ करोड कर्जा दिने, कति छ ब्याजदर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 02:13:00 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले मेरो घर कर्जा योजना ल्याएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम यो योजना ल्याएको हो । 

बैंकका अनुसार उक्त योजना अन्तर्गत घर खरीद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि अधिकतम ५ कारोड रुपैयाँसम्म कर्जा पाउन सकिने छ । जसको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएको छ । 

हाल बैंकको बेसरेट ८.२५ प्रतिशत रहेको छ । यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्ने उल्लेख गरेको छ ।

कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्ने जनाइएको छ । बैंकका अनुसार कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ ।

यस प्रकारको कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने जनाइएको छ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved