यस वर्षको 'ग्लोबल मनि विक' चैत ५ देखि, भव्य रूपले मनाउन राष्ट्र बैंकको आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 04:35:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी देशभर ग्लोबल मनि विक (Global Money Week) मनाइँने भएको छ। राष्ट्र बैंकका अनुसार २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११ ) सम्म 'Protect Your Money, Secure Your Future' भन्ने नाराका साथ Global Money Week को १२ औं शृङ्खला मनाउन लागिएको हो । 

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week (GMW) विश्वभर मनाउने गरिएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

राष्ट्र बैंकका अनुसार  यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहनेछ । यसको अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्था पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता प्रवर्द्धनमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायलाई सहभागी भई 'Global Money Week 2024' भव्य रूपमा मनाउनका लागि राष्ट्र बैंकले अह्वान गरेको छ ।

यस साताव्यापी अभियानमा सहभागी हुन इच्छुक संघसंस्था र निकायलाई आ-आफ्ना कार्यक्रमको जानकारी उपलब्ध गराइदिन समेत राष्ट्र बैंकले अनुरोध गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved