
नेपाल राष्ट्र बैंकको संचालक समिति बैठक आज साँझ बस्दै छ। कार्यालय समय सकिएपछि साँझको लागि संचालक समितिको बैठक डाकिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा पारित गर्नको लागि बैठक बोलाईएको हो । संचालक समितिको बैठकले पारित सम्भव भए आज नै र आज सम्भव नभएमा मंगलबार बिहान मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।
आज नै अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो ३ः३० बजेको लागि तय गरेको छ।