माछापुच्छ्रे बैंकबाट उपेन्द्र महतो समुह बाहिरियो, कसले किन्यो १ अर्ब २१ करोडको शेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 03:11:55 PM मा प्रकाशित

माछापुच्छ्रे बैंकबाट उपेन्द्र महतोको परिवार बाहिरिएको छ । उपेन्द्र महतो र उनको परिवारमा रहेको शेयर आज नेप्सेमा किनबेच भएको हो ।

आज उनीहरुले आफ्नो नाममा रहेको बैंकको १ करोड ७ लाख ३७ हजार कित्ता संस्थापक शेयर नेप्से मार्फत बिक्री गरेका हुन् । यस क्रममा आज बैंकको संस्थापक शेयरको  १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

 यी शेयर प्रति कित्ता ११३ रुपैयाँमा किनबेच भएको हो । १० पटक १० लाख कित्ताको र एक पटक ७ लाख ३७ हजार कित्ताको शेयर कारोबार भएको हो । सबै शेयर ब्रोकर नम्बर ४९ बाट बिक्री भएको हो भने ब्रोकर नम्बर ४८ बाट खरिद गरेर म्याचिङ कारोबार भएको छ।

सबै शेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको स्रोतले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved