नबिलको डलर कार्ड: अनलाइनबाट आधा घण्टा मै तयार, वार्षिक ५ हजार डलरसम्म सुविधा

सीता बुढाथोकी

सीता बुढाथोकी

Mar 26, 2024 | 01:53:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले २०७७ साल चैत ८ गते विबिदेशबाट वर्षको अधिकतम ५ सय डलरसम्मको बस्तु तथा सेवा खरिद गर्न सक्ने व्यवस्था सहितको परिपत्र जारी गरेको थियो । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले उक्त परिपत्र कार्यान्वयनमा ल्याएका पनि छन् ।

त्यसै मध्य नबिल बैंकले पनि युएस डलर नबिल  आइ कार्ड कार्र्यान्वयनमा ल्याएको झन्डै ३ बर्ष भएको छ । उक्त कार्डबाट बार्षिक रु ५ सय डलरसम्मको कारोबार गर्न सकिने छ । अनलाइन मार्फत सामान खरिद गरी त्यसको भुक्तानी उक्त कार्ड मार्फत गर्न सकिन्छ । यदि फेसबुक र युटुवबाट कमाएको पैसा छ अथवा विदेशबाट डलर आउछ भने उक्त कार्डमा वार्षिक रु ५ हजार डलर सम्म आउने व्यवस्था गरिएको बैंकले जनाएको छ । नेपाल भारत र भुटान बाहेक अन्य देशमा डलरमा पेमेन्ट गर्नु छ भने यो कार्डबाट पेमेन्ट गर्न सकिन्छ । यी तीनओटा देशमा डेबिट  कार्डले नै काम गर्ने भएकाले डलर कार्डको जरुरत पर्दैन । 

उक्त कार्ड लिन चाहने व्यक्ति, फर्म ,कम्पनी वा संस्थाले नेपाली मुद्रालाई विदेशी मुद्रामा परिवर्तन गरी त्यो कार्ड लिन सक्ने छन् । कार्ड लिनको लागि अनिवार्य रुपमा नबिल बैंकमा खाता खोलिएको हुनुपर्ने छ । साथै, सम्बन्धित प्रयोगकर्ताले आफ्नो केवाईसी आवधिक गर्ने र प्यान नम्बर अनिवार्य रुपमा लिएको हुनुपर्छ ।

 नबिल बैंकले यस कार्डको सुरुवाती चरणमा भौतिक कार्ड मात्र प्रदान गर्दथ्यो । तर, यो कार्डको काम अनलाईन कारोबारका लागि मात्र हुने गर्छ । भौतिक कार्ड कतै पनि प्रयोग गर्न नमिल्ने भएकाले उपभोक्तालाई आवश्यकता नभएको हुँदा यो कार्ड पनि नबिल बैंकको एन बैक (अनलाईन एप)बाट नै खोल्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले त्यहि समयमा भौतिक डलर आई कार्ड भनेर प्रोडक्ट पनि निकालेको थियो ।

यस्तो छ अनलाईनबाट डलरकार्ड बनाउने प्रक्रिया:

डलर कार्ड (नबिल  आइकार्ड) बनाउनको लागि बैंकको खाता हुन जरुरी छ । साथै, नबिल  बैंकको एन बैंकका (नियो बैंक) एपमा आफ्नो डेबिट कार्ड (एटिएम कार्ड) अनिवार्य रुपमा जोडेको हुनुपर्छ । यदि आफ्नो डेबिट कार्ड जोडिएको छैन भने डलर कार्डको लागि आवेदन गर्न मिल्दैन । साथै, आन्तरिक राजस्व कार्यालयबाट प्यान कार्ड अनिवार्य लिएको हुनुपर्छ । यति भएपछि एन बैंकको होम पेजमा एपलाई भर्चुअल डलर कार्ड भन्ने अप्सन हुन्छ । यदि होम पेजमा नभएको खण्डमा मोर बटनमा जानुपर्छ, जहाँ आवेदन गर्नको लागि भर्चुअल डलर  कार्ड भन्ने अप्सन आउछ ।  त्यहा क्लिक गरेर  आफ्नो प्यान नम्बर लेखेर ओके गर्नुपर्छ । ओके गर्ने वित्तिकै कार्ड सेक्सनमा भर्चुअल कार्ड नट एक्टिभ भनेर देखाउछ । कार्ड लिन चाहने व्यक्तिले अनुरोध गर्ने विक्तिकै बैंकले भेरिफाई गर्छ । तर, अपलोड गरेको प्यान नम्बर र व्यक्तिको विवरण मिल्छ कि मिल्दैन अथवा उक्त प्यान अपलोड गर्ने व्यक्ति खुद हो हैन परिक्षणहुन्छ । यदि हो भने कार्ड अप्रुभ हुन्छ । यो काम गर्न आधा घन्टा भन्दा बढि समय नलाग्ने बैंकले जनाएको छ । कार्ड अप्रुभ हुने वित्तिकै व्यक्तिको फोनमा कार्ड एक्टिभ भएको सुचना आउछ । 

कार्ड एक्टिभ भैसकेपछि ग्राहकले ३ ओटा काम गनु पर्छ । ग्राहकले सबैभन्दा पहिलो नम्बरमा टपअप गर्नुपर्छ । आफुले कति सकिन्छ त्यहिअनुसारको अधिकतम ५०० डलर भन्दा बढि नहुने गरि टपअप गर्नु पर्छ। टपअप गरिसकेपछि एक्सपोर्ट डिटेल्समा गएर आफ्नो कार्डको नम्बर, सीभीभी र म्याद सकिने मिति माग्छ । यति भएपछि प्रायले अथनटिकेट गर्छन अथवा ओटीपी लिएर अथनटिकेट गराउछन् । त्यसपछि आफुले चाहेअनुसार कार्डको विवरण हेर्न सकिन्छ ।

अनलाईन कारोबार एक्टिभ गराउने प्रक्रिया

अनलाईन कारोबार गर्नको लागि कार्ड विवरण भएको ठाउँमा एक्टिभेट ईपेमेन्ट भन्ने अप्सन हुन्छ । यो अप्सन एक्टिभ नगरेसम्म केहि पनि अनलाईन कारोबार गर्न पाइने छैन । यो एक्टिभ गरेपछि मात्र अनलाईन कारोबारको लागि स्वीकृत हुन्छ । त्यसको लागि ईपेमेन्ट अप्सनमा क्लिक गरेर रजिस्टेर गर्नुहोस भन्ने बटनमा क्लिक गरिसकेपछि अफ्नो कार्ड नम्बर र म्याद सकिने मिति हालेर एक्टिभमा क्लिक गरेपछि एउटा ओटीपी आउछ । त्यो हालेपछि ईपेमेन्ट एक्टिभेट हुन्छ । यसलाई ३ डी सेक्योर पनि भनिन्छ । कारोबार गर्दा पनि कार्ड नम्बर, सीभीभी र म्याद सकिने मिति हालेपछि ओटीपी आउछ ओटीपी हालेपछि कारोबार सक्सेस हुन्छ ।

 नचाहिएको पैसा खातामा ल्याउने तरिका

यदि कुनै ग्राहकले ५ सय डलरमा १ सय डलर खर्च गर्यो बाँकी ४ सय डलर अब कुनै पनि कामको लागि चाहिँदैन भने आफ्नो बैंक खातामा ल्याउन मिल्ने व्यवस्था बैंकले गरेको छ । त्यसको लागि रिलोड गरेर कति रकम आफुलाई चाहिदैन त्यति रकम हालेपछि पिन नम्बर हालेर पैसा आफ्नो खातामा ल्याउन सकिन्छ । फेरि त्यहि रकम डलर कार्डमा नै पठाउनु पर्यो भने १ बर्ष नै कुनुपर्ने हुन्छ ।

बैंकका अनुसार यो कार्डले उपभोक्तालाई सहज बनाएको छ । अनलाईन सिस्टम भएकाले ग्राहकको समयको बचत भएको र एक दिनको काम आधा घन्टामा नै गर्न सकिएको भनेर ग्राहकहरुले बैंकलाई प्रतिक्रिया दिने गरेको बैंकको भनाई रहेको छ । साथै, यसलाई अझ व्यवस्थित गर्नको लागि एपमा डेबिट  कार्ड नै नभएपनि डलर कार्ड बनाउन सकिने सिस्टम बैंकले बनाउने तयारी गरिरहेको छ । यसको लागि कम्तिमा ६ महिनाको समय लाग्ने बैंकले जानकारी दिएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved